arrow

शान्ति समाजले चिनियाँ र भारतीय दुतावास अगाडि बिहिवार धर्ना दिने

logo
प्रकाशित २०७७ असार ३ बुधबार
hurpes.jpg.jpeg

काठमाडौं। एशियाका दुई ठूला मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा युद्धका लागि अग्रसर भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले चीनियाँ र भारतीय दुतावास अगाडि धर्ना दिने बताएको छ। गत सोमबार चीनियाँ र भारतीय सेनाबिचको सिमाना रहेको गल्वान उपत्यकामा हिंसात्मक झडप हुदाँ दुबै तर्फ गरी दर्जनौ सैनिकहरुको हताहत र घाइते भएका थिए। शान्ति समाजले ‘युद्ध निषेध : शान्ति विशेष’ भन्ने आह्वान सहित सबै किसिमको युद्धको विरोध गर्दछ बिज्ञप्तिमा भनिएको छ। साथै वार्ताबाटै समस्याको समाधान खोज्न आग्रह समेत गरेका छन्।

यही सन्दर्भमा चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न, आवेग होइन विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई बढाउने होइन समझदारीलाई विस्तार गर्न र युद्धका कुनै पनि संभावनालाई खारेज गर्न भन्दै बिहिवार दिउसो १ बजे भारतीय दुतावास लैनचौर र चीनियाँ दुतावास अगाडि धर्ना गर्ने बिज्ञप्तिमा जनाइएको छ।



लोकप्रिय समाचार
नयाँ