काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा थपिएको यो सबैभन्दा बढी संख्या हो ।
योसंगै कोरोना संक्रमितको संख्या भारतमा ३ लाख ६७ हजार २६४ पुगेको छ । निको हुनेको संख्या १ लाख ९४ हजार ४३८ पुगेको छ । २४ घण्टामा ६ हजार ८८९ जनामात्र निको भएका छन् ।
मंगलबार दुई हजार ४ जनाको मृत्यु भएपछि एकाएक सात्तो लिएको भारतमा मृतक घटेर बुधबार ३४१ जनाको ज्यान गएको छ । यसअघिका दिनमा पनि यही गतिमा ज्यान जाँदै आएको थियो ।
कुन राज्यमा कहाँ कति र
महाराष्ट्रमा सबैभन्दा बढी ३३ सय ७ जना संक्रमित थपिएर १ लाख १६ हजार ७५२ जना संक्रमित हुँदा २४ घण्टामा ११४ जनाको ज्यान गएको छ । मंगलबार १ हजार ४०९ जनाको ज्यान गएको थियो । मृतक ५ हजार ६५१ पुगे ।
नयाँ दिल्लीमा रेकर्ड बनेको छ । एकै दिन सबैभन्दा बढी २ हजार ४१४ जना संक्रमित थपिएका छन् । २४ घण्टामा दिल्लीमा ६७, तमिलनाडुमा ४८, गुजरातमा २७, उत्तर प्रदेशमा ३०, राजस्थानमा ५, वेष्ट बंगालमा ११, मध्य प्रदेशमा ६, हरियाणामा १२, कर्नाटकमा ८, आन्ध्रप्रदेशमा २ जना, तेलांगानामा १, जम्मूकश्मिरमा १ जनाको ज्यान गएको छ ।
त्यस्तै पंजाबमा ६, उत्तराखण्डमा १ र पुन्डुचेरीमा १ जनाको ज्यान गएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले संक्रमित बढ्दै जानुबारे बुधबार मुख्यमन्त्रीहरुसंग छलफल गरे पनि लकडाउन कडाइमा कुनै पहल गरेका छैनन् ।