arrow

अमेरिका र ब्रजिलमा कोरोना संक्रमित र मृतक बढेको बढ्यै

logo
प्रकाशित २०७७ असार ४ बिहिबार
corona-usa1.jpg

काठमाडौं । अमेरिका र ब्रजिलमा कोरोना भाइरस संक्रमित बढेको बढ्यै रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुने अमेरिकामा २६ हजार २५ पुगेका छन् । योसंगै अमेरिकामा कोरोना संक्रमितको संख्या २२ लाख ३४ हजार ४२५ पुगेको छ । 

मृतक ८०९ थपिएर १ लाख १९ हजार ९४१ पुगेका छन् । दोस्रो स्थानको ब्रजिलमा ९ लाख ६० हजार ३०९ जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ३१ हजार ४७५ जना संक्रमित थपिएका छन् । 

ब्रजिलमा मृतक १ हजार २०९ थपिएका छन् । मृतक ४६ हजार ६६५ पुगेका छन् । तेस्रो स्थानमा रुस रहेको छ । नयाँ ७ हजार ८४३ थपिएर ५ लाख ५३ हजार ३०१ पुगेका छन् । मृतक १९४ थपिएर ७ हजार ४७८ पुगेका छन् । 

चौथो स्थानको भारतमा एकैदिन कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा थपिएको यो सबैभन्दा बढी संख्या हो । योसंगै कोरोना संक्रमितको संख्या भारतमा ३ लाख ६७ हजार २६४ पुगेको छ । 

मंगलबार दुई हजार ४ जनाको मृत्यु भएपछि एकाएक सात्तो लिएको भारतमा मृतक घटेर बुधबार ३४१ जनाको ज्यान गएको छ । यसअघिका दिनमा पनि यही गतिमा ज्यान जाँदै आएको थियो । 

पाँचौं स्थानको बेलायतमा १ हजार ११५ जना संक्रमित थपिएर २ लाख ९९ हजार २५१ पुगेका छन् । मृतक १८४ थपिएर ४२ हजार १५३ पुगेका छन् । 

छैटौं स्थानको स्पेनमा ३५५ संक्रमित थपिएर २ लाख ९१ हजार ७६३ पुगेका छन् । मृतक २७ हजार १३६ पुगेका छन् । 

पाकिस्तान १५ औंमा छ । तर पछिल्लो समय थपिँदै गएका छन् । बुधबार ५ हजार ८३९ संक्रमित थपिएर १ लाख ५४ हजार ७६० पुगेका छन् । 

मृतक १३६ थपिएर पाकिस्तानमा २ हजार ९७५ पुगेका छन् । मेक्सिकोमा ४ हजार ५९९ थपिएर १ लाख ५४ हजार ८६३ पुगेका छन् । मृतक ७३० थपिएर १८ हजार ३१० पुगेका छन् । 

बंगलादेशमा ४ हजार ८ थपिएर ९८ हजार ४८९ पुगेका छन् । मृतक ४३ थपिएर १ हजार ३०५ पुगेका छन् । 

साउदी अरेबियामा ४ हजार ९१९ थपिएर १ लाख ४१ हजार २३४ पुगेका छन् । मृतक ३९ थपिएर १ हजार ९१ पुगेका छन् ।  



लोकप्रिय समाचार
नयाँ