काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि स्थगित इंगलिश प्रिमियर लिग फुटबल सुचारु भएको छ । बुधबार रातिदेखि सुचारु भएको लिगको पहिलो दिन म्यान्चेष्टर सिटीले आर्सनललाई हराएको छ ।
सिटीले आर्सनललाई ३–० गोलले हराएको हो । सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डी ब्रुईन र फोडिनले एक एक गोल गरे ।
आर्सनलका डेबिड लुईज ४९ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।
बुधबार रातिनै भएको पहिलो खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
लिगमा उपाधि नजिक पुगेको लिभरपुलको २९ खेलबाट ८२ अंकमा छ । सिटीको २९ खेलबाट ६० अंक भएको छ ।
यो जितले लिभरपुललाई उपाधि जित्न दुई खेल जित्नुपर्नेछ । तेस्रो लेस्टर सिटीको ५३ अंक छ ।
आर्सनल ४० अंकसहित नवौं स्थानमा छ । बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेशन क्षेत्रमा छन् ।