काठमाडौं । क्रिष्टियानो रोनाल्डो रहेको युभेन्ट्सलाई हराउँदै नापोलीले कोपा इटालिया फुटबलको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो ।
रोनाल्डोले कुनै चमत्कार गर्न सकेनन् र टिमले हार्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा बनेको निर्णयमा नापोलीले बाजी मार्यो ।
अर्काडियस मिलिकले नापोलीका लागि पेनाल्टी सुटआउटमा विजयी गोल गरेका थिए । युभेन्ट्सका पाब्लो ड्याबाला र ड्यानिलो पेनाल्टी सुटआउटमा असफल भएका थिए ।
नापोलीका प्रशिक्षक गेनारो गट्टुसोले इटालियन क्लबबाट यो पहिलो उपाधि उचालेको हुन् ।
युभेन्टसले इटालियन सिरिएमा भने शीर्ष स्थानलाई कायमै राखेको छ । २६ खेलबाट ६३ अंकको युभेन्टस शीर्षमा हुँदा समान खेलबाट लाजियो ६२ अंकसहित दोस्रो स्थानमा छ ।
नापोली भने उपाधि होडबाट टाढा छ । उसको ३९ अंक मात्र छ ।