arrow

गृह मन्त्रालयको सिस्टममा को छिर्यो ? चिनियाँ असन्तुष्टिपछि सच्याइयो सन्देश

logo
प्रकाशित २०७७ असार ४ बिहिबार
Untitled-147.jpg

काठमाडौं । भारत र चीनबीच लद्दाखमा भएको भिडन्तमा दुवैतर्फ थुप्रै हताहती भएको बताइन्छ । भारतले कर्णेलसहित २० सैनिकको ज्यान गएको बताए पनि चीनले यसबारेमा केही बताएको छैन । 

गत सोमबार भएको उक्त झडपपछि एकाएक विश्व तरंगित भएको छ । दुई ठूला आणविक महारथी राष्ट्रहरुबीच के हुने हो भन्ने चासो बढेको छ । यद्यपि दुई देशका विदेश मन्त्रीबीच वार्ताको पहल भएको बताइन्छ । 

भारत र चीनबीचको झडपलाई लिएर संयुक्त राष्ट्रसंघले पनि चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघले संयम अपनाउन विज्ञप्ति जारी गरी आब्हान नै गरेको छ । 

नेपालमा पनि यसको बारेमा मिश्रीत प्रतिक्रिया उत्पन्न भएको छ। बुधवार गृह मन्त्रालयले पठाएको एक सन्देश त अझ अप्रत्याशित थियो। गृहमन्त्रालयले बुधबार मोबाइलमा म्यासेज पठायो। मन्त्रालयको आधिकारिक भाषामा नआए पनि मन्त्रालयले नै यसरी म्यासेज पठाउनु आश्चर्यको थियो । 

मोबाइलमा दिउँसो २ः२७ बजे आएको म्यासेज निकै अपत्याशित थियो । त्यसमाथि पनि चीनलाई गाली गरेर।

लेखिएको थियो– ‘चीनले क्षेत्रीय शान्ति स्थापना गर्न चीनको एकपक्षीय कार्यको कडा शब्दमा निन्दा गर्दछ । हामी भारतका भाइहरुसंग दृढ भई खडा छौं । हामी चिनियाँ कार्यको कारण आफ्नो ज्यान गुमाउने सबै सेनालाई श्रद्धाञ्जलि अर्पण गर्दछौं । GovernmetOfNepal’

केपी शर्मा ओली नेतृत्वको सरकारले चीनलाई गाली गरेर भारतको पक्ष लिएको आफैमा आश्चर्यजनक हो । त्यसमाथि पनि अहिले भारतसंग ओलीको सम्बन्ध चिसिएका बेलामा यसरी जिम्मेवार मन्त्रालयबाट सन्देश पठाइनु निकै नै गम्भीर हो । 

अर्कातर्फ कुनै एक छिमेकीले दुवै छिमेकी देशको पक्ष लिएर यसरी सन्देश पठाउनु सबैभन्दा घातक मानिन्छ । 

यो कस्तो खालको म्यासेज हो भनी नेपाली राजनीतिक वृत्तमा तरंग छाइरहँदासम्म पनि रामबहादुर थापा नेतृत्वको गृह मन्त्रालयले कुनै कदम चालेन । 

यो म्यासेज भारत र चीनका दूतावासमा पनि पुगेको गृह मन्त्रालयमा ती दुई दुतावासका अधिकारीहरुले राखेको चासोले देखाएको गृह स्रोतले जनाएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी पाएसंगै सरकारसंग रुष्ट भइसकेको थियो। भारतीय दूतावासमा समेत पनि यो सन्देश जाँदा दूतावास आश्चर्यमा परेको थियो । 

तर पहिलो सूचनाको ६ घण्टापछि पहिलो सन्देशलाई अनधिकृत बताउँदै दोस्रो सन्देश गृह मन्त्रालयले पठाएको थियो । 

त्यो सन्देशमा यस्तो देखिएको थियो ‘आज दिउँसो २ बजेर केही मिनेट जाँदा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनधिकृत रुपमा पहुँच पुर्याइ गलत र भ्रामक एसएमएस प्रसारित गरेको पाइएको छ । उक्त एसएमएस यस मन्त्रालयबाट नपठाइएको हुँदा भ्रममा नपर्न अनुरोध छ –MoHA’ ।

यसले गृहमन्त्रालयको सिष्टम कति पनि सुरक्षित नभएको स्पष्टै हुन्छ । कुनै पनि बेला अझ ठूलो दुर्घटना ननिम्तेला भन्न सकिन्न । 

यो घटनापछि गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालय मातहतका अधिकारीहरुसंग गम्भीर छलफल गरेको बताइएको छ । 

गृह मन्त्रालय कत्तिको बलियो छ भन्ने प्रमाण उसको वेभसाइटमा भएको ह्याकिङबाटै पनि स्पष्ट हुन्छ । 



लोकप्रिय समाचार
नयाँ