arrow

कांग्रेस महामन्त्री कोइरालाद्धारा पत्रकारको कोरोना बिमा 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ असार ४ बिहिबार
sashank-koi-mn.jpeg

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । नवलपुरमा कोरोनाको महामारीबीच पनि जोखिम मोलेर काम गरिरहेका नेपाल प्रेस युनियनमा आवद्ध क्रियाशिल पत्रकारहरुलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना बिमा गरिदिने भएका छन् ।

बुधबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र पराजुलीले यस्तो जानकारी गराएका हुन् । 

महामन्त्री कोइरालाले अध्यक्ष पराजुलीमार्फत सन्देश पठाएका थिए । पराजुलीले नवलपुरमा यस्तो बिपद्को समयमा पनि खटिएका पत्रकारलाई बिमाको आवश्यकता रहेको भन्दै महामन्त्री समक्ष आग्रह गरिएको र आफूहरुको आग्रहलाई महामन्त्रीद्धारा सहर्ष स्विकार भएको जानकारी दिए ।

बिमा गर्नका लागि आबश्यक नाम संकलन गर्ने र अन्य प्रक्रिया सुरु गरिसकिएको युनियनका सचिव तथा प्रबक्ता आशिष रेग्मीले बताए ।



लोकप्रिय समाचार
नयाँ