धनगढी । कोभिड-१९ कोरोना भाइरसको संक्रमणका कारण धनगढी स्थित सेती अस्पतालमा बुधबार बेलुका मृत्यु भएका पुरुषको शव नेपाली सेनाले ब्यबस्थापन गरेको छ ।
मृतकको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
उनका अनुसार नेपाली सेनाले नै खटाएका ब्रहामणले हिन्दु संस्कार अनुसार मृत्युपछिको कर्मकाण्ड पुरा गरी आफन्तसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा शवको व्यवस्थापन गरिएको हो । मृतकको शव सेनाले गाडेको थियो ।
मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाद्वारा तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए ।