arrow

उपत्यकामा ६ सहित ६७१ जनामा संक्रमण, मृतक थपिए

logo
प्रकाशित २०७७ असार ४ बिहिबार
corona-brefing-mohp.jpg

काठमाडौं । नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८० महिला र ५९१ पुरुष गरी ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् । बिहिबार देखिएको संक्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या सात हजार ८४८ पुगेको छ । तीमध्ये ६१९ महिला र सात हजार २२९ पुरुष रहेका छन् ।  पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १८६ पुगेको छ । तीमध्ये ११४ महिला र एक हजार ७२ पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । 

थप दुई जनाको मृत्यु 
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गएको २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ कैलालीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा असार ३ गते सेती प्रादेशिक अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएको उन कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पतालमा सारिएको थियो । अस्पताल मै उनको निधन भएको हो । 

त्यस्तै लम्की चुहा नगरपालिका–२ कैलालीकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । टाउँकोमा लागेको चोटका कारण गत जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा भर्ना गरिएको ती महिलाको शल्यक्रिया गर्नुअघि यही असार २ गते पीसीआर टेष्ट गर्न स्वाब सङ्कलन गरिएको थियो । असार ३ गते उपचारत उनको अस्पतालमै निधन भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या २२ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ