पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार, मृतक तीन हजार
पीटीआई,
प्रकाशित २०७७ असार ४ बिहिबार
106
Shares
इस्लामावाद। पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजारभन्दा बढी पुगेको छ। त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या तीन हजारभन्दा बढी भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कुल सङ्क्रमित मध्ये ५९ हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन्। पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ८२ हजार १२ जनाको कोरोना परीक्षण गरिसकिएको छ। तीमध्ये ३१ हजार ५०० जनाको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको हो।
स्वास्थ्य अधिकारीहरूले पाकिस्तानमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ११८ रहेको जनाएका छन्। त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पाकिस्तानमा अहिलेसम्म कुल तीन हजार ९३ जनाको मृत्यु भएको उनीहरुले जानकारी दिएका छन्। पाकिस्तानमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै सङ्क्रमित पन्जाब प्रदेशमा रहेका छन् । पन्जाबमा अहिलेसम्म ६० हजार १३८ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्।
त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा ५९ हजार ९८३ जना सङ्क्रमित रहेका छन्। उनीहरुका अनुसार खैबर पाख्तुख्वामा १९ हजार ६१३ जना, केन्द्रीय राजधानी रहेको इस्लामावादमा नौ हजार ६३७ जना, बालुचिस्तानमा आठ हजार ७९४ जना, गिल्गित बाल्टीस्तानमा एक हजार २१३ जना र पाकिस्तान नियन्त्रीत काश्मिरमा ७४० जना सङ्क्रमित भएका छन्। विश्वभरी नै कोरोनाभाइरस विरुद्धको औषधि किटान भइनसकेको भन्दै आफ्नै तरिकाले औषधि सेवन नगर्न पनि सरकारी स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन्।