काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ८२६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च हो । बुधबार १३ हजार १०७ जना नयाँ संक्रमित थपिएका थिए ।
योसंगै कोरोना संक्रमितको संख्या भारतमा ३ लाख ८१ हजार ९१ पुगेको छ । निको हुनेको संख्या २ लाख ५ हजार १८२ पुगेको छ । २४ घण्टामा १० हजार ७४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा यो पनि उच्च हो ।
मंगलबार दुई हजार ४ जनाको मृत्यु भएपछि एकाएक सात्तो लिएको भारतमा मृतक घटेर बुधबार ३४१ तथा बिहीबार ३४२ जनाको ज्यान गएको छ । यसअघिका दिनमा पनि यही गतिमा ज्यान जाँदै आएको थियो ।
कुन राज्यमा कहाँ कति ?
महाराष्ट्रमा सबैभन्दा बढी ३ हजार ७५२ जना संक्रमित थपिएर १ लाख २० हजार ५०४ जना संक्रमित भएका छन् । एकै दिनको यो महाराष्ट्रमा सबैभन्दा बढी हो । २४ घण्टामा १०० जनाको ज्यान गएर मृतक मृतक ५ हजार ७५१ पुगे ।
नयाँ दिल्लीमा पनि रेकर्ड बनेको छ । एकै दिन सबैभन्दा बढी २ हजार ८७७ जना संक्रमित थपिएका छन् । २४ घण्टामा यो सबैभन्दा बढी हो । यसअघि बुधबार २ हजार ४१४ जना संक्रमित थपिएका थिए ।
२४ घण्टामा दिल्लीमा ६५, तमिलनाडुमा ४९, गुजरातमा ३१, उत्तर प्रदेशमा २३, राजस्थानमा १७, वेष्ट बंगालमा १२, मध्य प्रदेशमा ४, हरियाणामा ४, कर्नाटकमा १२, आन्ध्रप्रदेशमा २ जना, बिहारमा ५, तेलांगानामा ३, जम्मूकश्मिरमा ७, असाममा १, पंजाबमा ५, केरलामा १, झारखण्डमा १ जनाको ज्यान गएको छ ।