arrow

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
President-Bidhya-bhandari.jpg

काठमाडौं। नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ ।  सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिईन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ ।

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने  उल्लेख छ । प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ