बङ्गलादेश । बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ संक्रमण पुष्टि हुने विरामीको सङ्ख्या तीन हजार २४३ पुगेका स्वास्थ्य मन्त्रालय स्रोतले शुक्रबार जानकारी गराएको छ । बङ्गलादेशमा अघिल्लो दिन कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार ८०३ रहेको थियो ।
“पछिल्लो तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ संक्रमितको सङ्ख्या एक लाख पाँच हजार ५३५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३८८ पुगेको छ,” स्वास्थ्य मन्त्रालयका उच्च नसिमा सुल्तनाले बताइन् ।
“विगत २४ घण्टामा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार २४३ पुगेको छ भने ३२ पुरूष र १३ महिला गरी संक्रमितको मृत्यु भएको छ,” उनले भनिन् ।
बङ्गलादेशमा विगत २४ घण्टामा देशभर कूल १५ हजार ४५ व्यक्तिको कोभिड–१९ संक्रमण परीक्षण गरिएको थियो । यो समयमा दुई हजार ७४१ जना निको भई घर फर्किएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या ४२ हजार ९४५ पुगेको छ ।