अफगान सेनाको कारबाहीमा १७ जना तालिबानी लडाकुको मृत्यु
एएनआई,
प्रकाशित २०७७ असार ५ शुक्रबार
105
Shares
काबुल। अफगानिस्तानको सरकारी फौजले बिहीबार राति गरेको सैन्य कारबाहीमा कम्तीमा १७ जना तालिबानी लडाकुको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन्। अफगान रक्षा मन्त्रालयले पाक्तिया प्रान्तको सरोजाई जिल्लामा गरिएको कारबाहीमा ती लडाका मारिएको जनाएको छ।
उक्त आक्रमणका क्रममा अफगानिस्तानका एक सैनिक जवानको पनि मृत्यु भएको छ। रक्षा मन्त्रालयले सरकारी सेनातर्फ दुई जना सैनिक जवान घाइते भएको पनि जनाएको छ। अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी भइरहे पनि दुबै पक्षबाट एकअर्का विरुद्ध घातक आक्रमण हुनेक्रम रोकिएको छैन।