काठमाडौं। त्रिभुवन बिश्वबिद्यालयद्वारा बिभिन्न पदहरुमा गरिएको नियुक्तिहरुप्रति त्रिभुवन बिश्वबिद्यालय प्राध्यापक संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।चिकित्साशास्त्र अध्ययन संस्थानको डिन लगायतमा भएको नियुक्ति सहमति बिपरित भएको ठहर गरेको छ। यो नियुक्तिले वरिष्ठता र पूर्ण कार्यकाल मापदण्ड कडाईको साथ लागू गरिने भन्ने सहमति उल्लंघन भएको जनाइएको छ।
यस्तो कार्यले प्राध्यपकहरुको मनोवल घट्ने तथा बिश्वबिद्यालयहरुको गरिमा घट्ने संघका सभापति वसन्त ढकालद्धावा जारी बिज्ञप्तिमा जनाइएको छ।