arrow

एमसिसीमा छलफल गर्न बालुवाटारमा बैठक

logo
प्रकाशित २०७७ असार ६ शनिबार
ncp-sachibalaya3.jpg

काठमाडौं । संसद्मा दर्ता भएको  अमेरिकी सहायता परियोजना (एमसिसी) अनुमोदनको प्रस्तावका बिषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । 

बैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय आदि विषयमा समेत छलफल हुने जनाइएको छ ।



लोकप्रिय समाचार
नयाँ