arrow

क्वारेन्टाइनमा बसेका अधिकांशमा कोरोना, मेसिनसाथै स्वास्थ्यकर्मीको टोली पुग्यो

logo
प्रकाशित २०७७ असार ६ शनिबार
corona-pcr-lab.jpg

दैलेख । कामको खोजीमा भारत गएका दैलेखका ४२ हजार नागरिक जिल्ला भित्रने क्रम बढेको छ । दैलेखमा आएर क्वारेन्टाइनमा बसेकामध्ये अधिकांशको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै अहिले दैलेख रेडजोनमा परेको छ । 

पिसिआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित यहाँ पिसिआर मेसिन आइपुगेको छ । दैलेखमा ७२३ जनामा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो । 
     
कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पिसिआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको रु एक करोडले मेसिन खरीद प्रक्रिया थालिएको थियो । अहिले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि आएको छ । 

 डा रवीन खड्कासहित आठ  स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियनलगायतको सहभागिता छ । पिसिआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम बिश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिए । शुरुमा  दैनिक तीन सय जनाको जाँच हुने जनाइएको छ । 

कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले  जनतालाई कोरोना संक्रमणबाट बचाउन  करीब रु  ७० लाखको लागतमा आइसोलेसन अस्पताल निर्माण पनि शुरु गरिएको जानकारी दिए  ।  



लोकप्रिय समाचार
नयाँ