बर्दिया । बर्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका –३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
थारु दुई साताअघि काठमाडौंबाट आई १४ दिन क्वारेन्टाइन बसेपछि आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्किएका थिए ।
थारुको बिहीबार राति अचानक स्वास्थ्यावस्थामा समस्या देखिएपछि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए।