arrow

जातीय विभेदका गम्भिर प्रकृतिका मुद्धा दर्ता गराउनै सकस

रुपन्देहीको देवदहमा वालिका वलात्कार पछि हत्या घटनाका पिडितले अझै न्याय पाएनन्

logo
नारायण वली,
प्रकाशित २०७७ असार ६ शनिबार
jati.jpg

रुपन्देही । उत्कृष्ट मानिएको नेपालको कानुनले उल्लेख गरेपनि जातीय बिभेदका मुद्धाहरु स्थानिय प्रहरीले सहज रुपमा जाहेरी दर्ता नगर्ने प्रवृतिले उक्त मुद्धा दर्ता गराउन निकै सकस हुने गरेको यहाँका केहि दलित अगुवाहरुले गुनासो पोखेका छन् । 

समाजमा घट्ने जातीय बिभेदका गम्भिर प्रकृतिका मुद्धाहरु दर्ता गराउन सम्बन्धित पिडित पक्षले स्थानिय प्रहरी कार्यालयमा मुद्धा दर्ता गर्न खोजेपनि तर असफल हुने गरेको र पहुँचको आधारमा दर्ता हुने गरेको उनीहरुको भनाई छ । यसरी गुनासो पोख्नेहरु संयुक्त दलित संघर्ष समिति रुपन्देहीका दलित अगुवाहरु हुन् ।  

साथै उनीहरुले कितावमा ऐन बनेपनि र अझै पनि त्यसको व्यवहारमा प्रभावकारी कार्यान्वयन गर्न स्थानिय प्रशासन चुकेको दलित अगुवाहरुको ठम्याई छ । जाहेरी दर्तामै न्याय नपाउने दलित समुदायहरु त्यस भन्दा अन्य कानूनी प्रक्रियामा कसरी सहजै न्याय पाउलान भन्ने प्रशंग महत्वकांक्षी एंव सोचनिय रहेको रुपन्देहीका एक दलित अगुवा किस्मत विश्वकर्माले बताए ।

केही हप्ता अगाडि रुपन्देहीको देवदहमा भएको एक मधेसी मुलकी दलित वालिकाको रहस्यमय मृत्यु वारे स्थानिय प्रहरी चौकीमा किटानी जाहेरी दिदा तर प्रहरी चौकीले पिडित पक्षको जाहेरी समयमै लिन आनाकानी गरेकाले अझै सम्म एउटा सन्तान गुमाएको पिडित परिवार न्यानका लागि अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा वारवार धाई रहेको भन्दै पूर्व सांसद तथा दलित अगुवाकर्मी बिनोद पहाडीले जुन घटनाले कानुनको उपहास गरेको जनाएका छन् । 

उनी भन्छन्, उक्त वालिकाको शंकास्पद हत्या र हत्या पछि सो घटनालाई दवाउन निकै राजनितिक चलखेल भैरहेको वताउँदै, पिडित पक्षलाई न्याय दिलाउन र पिडकको पहिचान गरी कारवाही गर्न तर्फ लागि परिहेको वताउँछन् ।

गत जेठ १० गते राती रुपन्देहीको देवदहमा भएको बलात्कार पछिको शंकास्पद मृत्युको घटना वारेमा पिडित पक्षले तत्काल जाहेरी दिन खोजेपनि तर प्रहरीले ४ दिन पछि मात्रै जाहेरी दर्ता गरेकाले घटनाको सत्य तथ्य छानविन र उचित न्यायको वाटो खुल्न नसकेको पूर्व सांसद् पहाडीको तर्क छ । 


जातीय आधारमा भएका जघन्य अपराधका घटनाहरु कुनै हालतमा सैह्य नहुने र जाहेरी दर्तामा कुनै आलटाल नगरेको रुपन्देही प्रहरी प्रमुख एंव प्रहरी उपरिक्षक हेम कुमार थापाले वताएका छन् । साथै उनले देवदहमा भएको वालिका वलात्कार पछि मृत्यु घटना वारे प्रहरीले समयमै जाहेरी लिएको दावी गरेका छन् । 

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायधिवक्ता डम्बर बहादुर काफ्लेले समाजमा घट्ने त्यस्ता प्रकारका मावन असमनताको घटना वारे प्रहरीले पिडित पक्षको जाहेरी दर्ता सहजै लिनुपर्ने भन्दै, यद्यपी साना युनिटका प्रहरी चौकीहरुले जाहेरी नलिएमा क्षेत्रिय प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय लगायतमा सो प्रकारका जोहरी दर्ता गर्न सकिने स्पष्ट पार्दै, त्यस पश्चात् वास्तिवक पिडितले न्याय पाउने र पिडकले सजाय भोग्ने कुरामा कुनै दुईमत नरहेको वताए ।



लोकप्रिय समाचार
नयाँ