काबुलको अमेरिकी दूतावासका कर्मचारीमा कोरोना संक्रमण
एपी,
प्रकाशित २०७७ असार ६ शनिबार
102
Shares
काबुल। अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी राजदूतावासका कर्मचारीमा कोरोना भइरसको संक्रमण देखिएको बताइएको छ। यहाँ कामगर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ।
तर विदेश मन्त्रालयले यहाँका कतिजना कर्मचारीमा यसको संक्रमण देखिएको हो भन्ने बारेमा भने केही जानाकरी दिएको छैन। विदेश मन्त्रालयले यसको यकिन तथ्यांक नदिएको भए पनि त्यहाँ काम गर्ने करिब २० जनामा यो संक्रमण देखिएको पाइएको छ।
तीमध्येका धेरैजसो अफगानिस्तानको राजधानी काबुलको सो दूतावासमा सुरक्षा प्रदान गरिरहेका नेपाली गोर्खाहरु रहेको बताइएको छ। तर दूतावासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाइएको बताउँदै संक्रमितहरुलाई आइसोलेसनमा राखिएको र आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गरिएको सो दूतावासले जनाएको छ।