डोटी। डोटीमा ६ महिने शिशु सहित शनिवार थप ५७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जिल्लाका पुर्वीचाैकी गाउँपालिकामा २२ जना, आदर्श गाउँपालिकामा १५जना, शिखर नगरपालिका ८जना , दिपायल सिलगढी नगरपालिका ५ जना, केआईसिंह गाउँपालिका २ जना र जाेरायल गाउँपालिकामा ५ जनामा काेराेना संक्रमणकाे पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख रमेश मलासिले जानकारी दिए।
यसअघि डोटीका ५७ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै डोटीमा कोरोना संक्रमितको कुल संख्या एक सय १४ जना पुगेको छ।
त्यसैगरी आज मात्रै चार जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल उत्तम उपाध्ययले जानकारी दिए ।
अन्य संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।