काठमाडौं । भारतमा कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् । शनिबार १५ हजार ८९३ जना संक्रमित भएका हुन् ।
यो अहिलेसम्मकै बढी हो । शुक्रबार १४ हजार ७२१ जना संक्रमित पाइएका थिए । त्यो पनि उच्च नै थियो ।
अहिलेसम्म भारतमा संक्रमितको संख्या ४ लाख ११ हजार ७२७ पुगेको छ । निको हुने २ लाख २८ हजार १८१ छन् भने १३ हजार २७७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३०८ थपिएका छन् ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा सबैभन्दा बढी ३ हजार ८७४ जना थपिएर १ लाख २८ हजार २०५ पुगेका छन् । शनिबार ९१ मृतक थपिएर ५ हजार ९८४ पुगेका छन् ।
दिल्लीमा २४ घण्टामा ३ हजार ३६० संक्रमित थपिएका छन् । मृतक ७७ थपिएका छन् ।
त्यस्तै निको हुने पनि अहिलेसम्मकै बढी पाइएका छन् । शनिबार १३ हजार ९७२ जना संक्रमितलाई निको भएको छ ।