arrow

कोरोना संक्रमित प्रहरीको परिवारमा नेगेटिभ

logo
प्रकाशित २०७७ असार ७ आइतबार
corona-test.jpg

भक्तपुर । गत बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका प्रहरीको परिवारका सबै सदस्यको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिेपोर्ट आएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखामा कार्यरत सङ्क्रमित प्रहरीको परिवारका आठ जनाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । 

सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका ३० प्रहरी कर्मचारीमध्ये २१ जनाको रिपोर्ट पनि कोरोना नेगेटिभ आएको उनले जानकारी दिए । 

परिसरका नौ प्रहरी र भक्तपुर नपा–५ भोलाछेंका सङ्क्रमित पुरुषका परिवार एवं छिमेकी ११ जनाको भने रिपोर्ट आउन बाँकी छ ।



लोकप्रिय समाचार
नयाँ