काठमाडौं । बेलायतको रिडिङ पार्कमा एक २५ वर्षीय युवाले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ ।
रिडिङ पुलिसलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
छुरा प्रहार गर्ने लिवियाका युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रत्यक्षदर्शीका अनुसार फोर्बुरी बगैचामा उक्त व्यक्ति प्रवेश गरी जथाभावी छुरा प्रहार गरेको थियो ।