नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । शनिबार प्रतापपुर गाउँपालिकामा ९ का ५२ बर्षिय र पाल्हीनन्दनकी ७ बर्षिया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्यामा बृद्धि आएको हो ।
भारतबाट अभिभावकसँगै फर्किएकी पाल्हीनन्दन २ कि त्यी बालिका क्वारेन्टाईनमा थिईन् । उनको आरडिटि परिक्षणको क्रममा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी शनिबार प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएकोमा शनिबार पोजेटिभ देखिएको हो । यस्तै संक्रमित पुरुष पनि भारतबाट आएका थिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुग्दा सबैभन्दा बढी सुस्ता गाउँपालिकामा २१ जना पुगेका छन् । यस्तै पाल्हीनन्दनमा १३ जना, प्रतापपुरमा ६ जना, सुनवलमा ६ जना, रामग्राममा ३ जना, बर्दघाटमा २ र सरावलमा १ जना छन् ।