हेटौँडा । हेटौँडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी रु ५० को लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यसैगरि भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक राय ठेकेदारसँग रु १२ हजार घुस लिएको अभियोगमा आइतबार पक्राउ परेका छन् ।
उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।