arrow

११ थपिएसंगै कपिलवस्तुमा संक्रमित ७ सय ३

मणि प्रसाद गैह्रे ,

logo
प्रकाशित २०७७ असार ७ आइतबार
corona-pcr-lab.jpg

कपिलवस्तु । आइतवार ११ नयां कोरोना भाइरसका संक्रमित थपिएका छन् । नयां संक्रमित सबै वाणगगा नगरपालिकाका रहेका छन् । नगरपालिकामा आइतबार थप भएका ११ जनामध्ये वडा नम्बर ३, १० र ११ का रहेको बताइएको छ ।

स्वास्थ्य अधिकृत भक्ति पाण्डेका अनुसार १० का २ जना, ३ का ४ जना र ११ का ५ जना रहेका छन् । पछिल्लापटक पीसीआर जाँच भएकामध्ये ११ जनामा कोरोना पुष्टि भएको हो । 

संक्रमित सबै भारतबाट आएका बताइएको छ । यीसंगै कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा हालसम्म धेरै संक्रमित हुने जिल्ला कपिलवस्तु नै रहेको छ ।



लोकप्रिय समाचार
नयाँ