झापा । झापामा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित तीन जना युवालाई पाडाजुङी (गौरिगन्ज रोडबाट पक्राउ गरेको छ ।
कमल गाउँपालिका ५ स्थित पाडाजुगीबाट गौरादहतर्फ जाँदै गरेका युवालाई चेकजाँच गर्ने क्रममा २८ ग्राम भन्दा बढी ब्राउनसुगर सहित तीन जना युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
१ नं। प्रदेश प्रहरी कार्यालय विराटनगर र इप्रका दमकको टोलीले ति युवासहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा कमल गाउपालिका ५ का दिपेश थापा, झापा गाउँपालिका ४ का सरोज ओली र अनन्त प्रसाद गणेश रहेका छन् ।
आइतबार साँझ नियन्त्रणमा लिइएका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान गरिँदैछ ।