काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई धक्का दिँदै रियाल मड्रिड अगाडि लागेको छ ।
बार्सिलोनाले आफ्नो खेलमा बराबरी खेल्दा रियालले रियाल सोसिडाडमाथि २–१ गोलको जितसहित ३ अंक बटुल्दै शीर्ष स्थानमा स्थान बनाउन सफल भएको हो ।
जितले रियालले बार्सिलोनासंग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको हो ।
गत शुक्रबार बार्सिलोनाले सेभिल्लासंग गोलरहित बराबरी खेलेसंगै रियाललाई शीर्ष स्थानमा पुग्न निम्तो दिएको थियो ।
भिनिसियस जुनियरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै पाहुना टोलीलाई ५० औं मिनेटमा अग्रता दिलाएका थिए ।
करिम बेन्जिमाले ७० औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।
सोसिडाडका मिकेल मोरिनाले ८३ औं मिनेटमा घरेलु टोलीका लागि एक गोल फर्काए ।
अन्य खेलको नतिजा
आइतबार रातिका अन्य खेलमा भ्यालेन्सियाले ओसासुनालाई २–० गोलले हरायो ।
अंक तालिका
शीर्ष स्थानको रियालले ३० खेलबाट ६५ अंक जोडेको छ । गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा झरेको बार्सिलोनाको पनि ३० खेलबाट ६५ अंक छ ।
५२ अंकको एथलेटिको तेस्रो, ५२ कै सेभिया चौथो, ४८ को गेटाफे पाँचौं तथा ४७ अंकको सोसिडाड छैटौं स्थानमा छ ।