arrow

नवलपरासी पूर्वमा थपिए ८ कोरोना संक्रमित, आठैजना भारतबाट आएकाहरु 

logo
रबिन्द्र यादव,  
प्रकाशित २०७७ असार ८ सोमबार
covid-test-positive-corona.jpg

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) मा सोमबार बिहान थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बौदीकाली गाउँपालिकामा थप ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेहरु २१, ५०, २०, २९, १८, ४२, २१ र १९ बर्षका पुरुष हुन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४० पुगेको छ ।

सोमबार संक्रमित देखिने नवलपरासी पुर्वका आठ जना नै भारतबाट आएको र उनीहरुलाई थप उपचारका लागी देवचुली १६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भइरहेको छ ।

त्यस्तै आइतबार नवलपरासी पश्चिममा सुनवल नगरपालिकामा मात्रै २१ जना थपिएसंगै जिल्लामा ७३ जना कोरोना संक्रमित पुगेका छन् । 



लोकप्रिय समाचार
नयाँ