काठमाडौं । आफ्ना हरेक सिर्जनामा फरकपन दिन माहिर गायक तथा सर्जक रोशन गैरेको यो वर्षको नयाँ तीज गीत ‘माइत जान पाइन’ हालै मात्र सार्वजनिक भएको छ ।
गीतमा देवी घर्ती मगर र रोशन गैरेको स्वर रहेको छ भने गैरे स्वयंकै लय रहेको छ । तीजमा माइत जान नपाएका चेलीका गुनासो समेटेर गीत निकालिएको जानकारी दिदै, यस अगाडि गैरी खेतैमा बोलको गीत सार्वजनिक गरी सबैको माया पाएको र यो गीतलाई पनि दर्शक श्रोताले मन पराइदिनेमा आफूहरु आशावादी रहेको रहेको गैरेले बताए ।
गीतमा आशा खड्का, शारदा गिरी, नकुल भट्टराई, कृष्ण गाहा र रोशन गैरेको अभिनय रहेको छ ।
शेर साउद र कृष्ण गाहाको निर्देशन रहेको गीतमा छायांकन भने सागर गौतमले गरेका छन् ।
दिपक बिष्टको सम्पादन रहेको गीतमा दृश्य निर्माण एक्सन मिडिया ग्रुपले गरेको हो ।