सुनवल । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकामा सोमबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक महिला र चार पुरुष रहेका छन् ।
सुनवल नगरपालिका वडा नं१ का २६ वर्षिय पुरुष, वडा नम्बर ११ का ४१ वर्षका पुरुष , वडा नम्बर ९ मा २४ वर्षका पुरुष, वडा नम्बर १० मा ३१ वर्षका पुरुष र वडा नम्बर ३ कि ५६ वर्षिय एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिए ।
संक्रमित सबैको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिएको हो ।
यसअघि गत आइतबार मात्रै सुनवलमा एकैपटक २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै सुनवलमा जम्मा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।
यस्तै नवलपरासी पश्चिममा जम्मा कोरोना भाइरस संक्रमितको संख्या ७८ पुगेको छ ।