arrow

लकडाउनमा अगुवा महिलाहरुको दुखेसो - समाजमा मौलाएको हिंसाले असुरक्षित महशुस

logo
प्रकाशित २०७७ असार ८ सोमबार
mahila2.PNG

रुपन्देही । पुनम रजाली बुटवलकी एक अगुवा महिलाको रुपमा परिचित छिन् । लामो समय समाजमा हुने महिला हिंसा र जघन्य अपराधका घटना बिरुद्ध अग्रसर हुँदै आउने एक महिलाका रुपमा उनलाई नचिन्ने सायदै कमै होलान् ।

विभिन्न समस्यामा परेका महिलाहरुको वारेमा वकालत गर्ने र हिंसामा परेका महिलाहरुलाई न्याय दिन लागि पर्ने उनै अगुवा महिला रजाली जस्ता अगुवा महिलाहरुले लकडाउनमा भोग्नु परेका व्यथा कम्ती छैनन् । महामारी कोरोना भाईरसले निम्त्याएको परिस्थितीले मानव संसाधनमा निकै संकटता ल्याउँदा महिलाहरुलाई समस्था थपिएको पाईएको छ । 

बुटवल उपमहानगरपालिका ८ सुख्खानगर निवासी रजाली कोरोना कहरमा जारी लकडाउनमा मौलाउँदै गएको महिला हिंसाले आफुहरु असुरक्षित भएको दुखेसो पोखिन् ।

उनी भन्छिन्, राज्यले कितावमा कानुन वनाए पनि तर व्यवहारमा कार्यान्वयन नगर्दा महिलाहरुले सास्ती खेप्नु परेको छ। साथै उनले कोरोनाको संकटका वेला पाठेघरको समस्या र गर्भवतीहरुले स्वास्थ्य जाँच गर्न नसकेको भन्दै, धेरै पटक आफुलाई त्यस्ता समस्यामा परेका महिलाहरुले गुहार्ने गरेको र आफुले लगेर मेडिकलमा जाँदा डाक्टरले स्वास्थ्य जाँच गर्न नमानेको तितो अनुभव सुनाइन । 

हाम्रा कुरा डटकमसंगको कुराकानी उनले लकडाउनमा अझ महिला हिंसाका घटनाहरु वढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन् ।

यस्तै अर्की बुटवलकै महिला अगुवा तथा स्वास्थ्यकर्मी माया गौतमले महिला अपराधका घटनाहरु निरुत्साहित हुनुको साटो थप प्रशय पाउँदै गएको वताउँछिन् । 

महिला अगुवा गौतमले भनिन्, महिला मात्रै नभई वाल अधिकार समेतको हनन् हुँदा महिला तथा वाल अधिकार सम्वन्धि काम गर्ने एनजिओ एवं आईएनजीओ लगायतका निकायहरु मौन वस्नाले जिम्मेवारीबाट पन्छिएको जनाउँदै, विदेशी मुद्रा लिएर व्यक्तिगत स्वार्थमा तल्लिन रहेको प्रष्ट पारिन् ।



लोकप्रिय समाचार
नयाँ