रंगेली । मोरङको रंगेली नगरपालिका स्थित क्वारेन्टाइनमा बस्दै आएका ८ जनामा कोरोना देखिएको छ ।
नगरपालीकाले ८० जनाको पिसिआर संकलन गरी प्रदेशीक प्रयोगशालामा परिक्षणका लागी पठाउदा सोमबार ८ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर दिलीप वगडीयाले जानकारी दिए ।
संक्रमित ८ जना मध्ये ३ महिला २ बालबालिका र अन्य ३ पुरुष रहेका छन्। यो सँगै रंगेलीमा संक्रमितको संख्या १० जना पुगेको छ ।
संक्रमितहरु असार ३ गते भारतको दिल्लीबाट रंगेली नगरपालीकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको उपचारका लागी धरान लैजाने तयारी भइरहेको मेयर वगडीयाले जानकारी दिए ।
यस अघि रंगेली नगरपालिकामा २ जना संक्रमित फेला परी सकेका थिए , उनिहरु दुवै जना उपचार पछी घर फर्किसकेका छन् ।