arrow

युपीबाट आएकी महिला संक्रमित, १३ गतेसम्म कनकाई बन्द

logo
प्रकाशित २०७७ असार ८ सोमबार
covid-test-positive-corona.jpg

झापा । झापाको कनकाई नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ । क्वारेन्टाइनमा बसेकी एक महिलामा  कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले सोमबारदेखि यही असार १३ गतेसम्मका नगरक्षेत्रका  सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो ।  नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको सोमबार  बसेको बैठकको सो  निर्णय गरेको हो । 

नगर क्षेत्रको क्वारेन्टाइनमा बसेकी एक महिलामा  आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको भेटघाट श्रीमान्सँग भएको र श्रीमान्को सम्पर्क समुदायस्तरसम्म रहेका कारण सङक्रमण फैलिन नदिन नगरपालिकाले उक्त कदम चालेको हो ।

नगरपालिकाले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई अत्यावश्यक काम बाहेक आफ्नै घरभित्र रहन र सामाजिक दुरी कायम गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ । सो अवधिमा स्वास्थ्य सेवाका ओपिडी बाहेकका सेवा खुल्ला रहने र अत्यावश्यक सेवा एवम् निर्माण कार्यमा प्रयोग हुने सवारी साधान सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।

 त्यसैगरी सोमबारै मेचीनगर नगरपालिका– ६ को होम क्वारेन्टाइनमा बसेका एक कोरोना संक्रमितसँग सम्पर्कमा रहेका २२ जना व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित कोभिड–१९ को प्रयोगशाला पठाइएको छ

संक्रमितको घर सिल गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले जानकारी दिए । संक्रमित महिला भारतको युपीबाट गत जेठ ३० गते काँकडभिट्टा आएकी थिइन् । 



लोकप्रिय समाचार
नयाँ