रुपन्देही । पाल्पाको तानसेन– रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । पहिरोमा परी १ जना गम्भीर घाइतलाई उद्धार गरी थप उपचारका लागि सदरमुकाम पाल्पा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
सदरमुकाम तानसेन देखि करिव ७ किलोमिटर दुरीमा पर्ने तानसेन– रिडि सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा ट्यांकर १, बोलेरो जीप १, मिनी ट्रक १ र एउटा कारलाई माथि वाट खसेको पहिरोले पुरिएको वताईएको छ ।
यस्तै उक्त चार वटा सवारी साधनमा कति सवार थिए भन्ने वारे जानकारी नभएको र उद्धारका लागि अहिले घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पका प्रहरी नायव उपरिक्षक मदन गिरीले जनाएका छन् ।
उनका अनुसार उद्धार कार्य भैरहेकाले घटना बारे थप विवरण आउन बाँकी रहेको वताएका छन् ।