मेलम्ची । बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टाइन बसेर फर्किएका उनको सोमबार मृत्यु भएको हो ।
क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।
भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । युवकको मृत्यु कोरोनाको आशंका गरिएको छ । मृत्युको कारण भने खुलिसकेको छैन ।