डोटी। डोटीमा सोमबार ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परिक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डोटीमा कोरोना संक्रमित हुनेको संख्या जम्मा एक सय ४० रहेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २ महिला र ५ पुरुष गरी ७ जनामा कोरोना संक्रमण भएको पाइएको छ । संक्रमित ७ जना जोरायल गाउँपालिका वडा नम्बर १ र २ का रहेका छन् ।
अहिलेसम्म देखिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था भने सबैको सामान्य रहेको र सबै आआफ्नो पालिकाले बनाएको आइसोलेसनमा रहेको बताइएको छ।
त्यसैगरी आजसम्म डोटीमा ३४ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय डोटीले सोमबार सार्बजनिक गरिएको तथ्यांकमा उल्लेख गरिएको छ। डिस्चार्ज हुनेहरुमा ७ जना जिल्ला अस्पतालको आइसोलेसनका र अन्य पालिकाहरुले बनाएको आइसोलेसनका रहेका छन्। अन्य संक्रमित व्यक्तिहरु आइसोलेसनमै रहेका बताइएको छ।
त्यस्तै डोटीमामा कोभिड १९ का संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यलय डोटीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोमबारसम्म पुष्टि भएका एक सय ४० जना संक्रमितमध्ये करिब ७८ जना २० देखि ३० वर्ष उमेर समूहका रहेका छन् ।
त्यस्तै ५ बर्ष सम्मका ८ जना, ५ बर्ष देखी १० बर्ष सम्मका १ जना, १० देखी २० बर्ष सम्म ९ जना, ३० देखी ४० बर्ष सम्मका २२जना, ४० देखि ५० बर्ष सम्मका १२जना, ५० देखी ६० बर्ष ३जना, ६० देखि ७० बर्ष सम्मका ६ र ७० देखि ८० बर्षका एक जना संक्रमित रहेका छन् ।