काठमाडौं । भारतमा कोरोना भाइरसबाट २४ घण्टामा १३ हजार ५४८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संख्यासंगै कोरोना संक्रमित भारतमा ४ लाख ४० हजार ४५० पुगेका छन् ।
१४ हजार १५ जनाको ज्यान गइसकेको छ । २४ घण्टामा ३१२ जनाको ज्यान गएको छ । अहिलेसम्म २ लाख ४८जार १३७ जनालाई उपचारपछि निको भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ८७९ जनालाई निको भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी ३ हजार ७२१ जना संक्रमित थपिएर १ लाख ३५ हजार ७९६ जना पुगेका छन् । मृतक ११३ थपिएर ६ हजार २८३ पुगेका छन् ।