काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले फराकिलो जित निकाल्दा लिभरपुलको खुशीमा धक्का लागेको छ ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नलीलाई ५–० गोल अन्तरले हराएको हो । डिएगो फोडिन र रियाद महरेजले समान २–२ तथा डेभिड सिल्भाले १ गोल गरे । सिटीको जितले शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि अझै दुई खेल जित्नुपर्ने भएको छ ।
सिटीको एक हारले लिभरपुललाई एक जित काफी हुनेछ ।
लिगमा ८ चरणको खेल बाँकी रहँदा सिटी शीर्ष स्थानको लिभरपुलको ८३ अंक छ । दोस्रो स्थानको सिटीको २० अंक कम छ ।