काठमाडौं । इटालियन सिरि ए फुटबलमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई जिताएका छन् ।
युभेन्ट्सले बेलोग्नालाई २–० गोल अन्तरले हराएको हो । रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पाउलो ड्याबालाले ३६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २–० गोलले अग्रता दिलाए ।
ईन्जुरी समयमा ड्यानिलोले रातो कार्ड खाँदै मैदान छाडेपछि युभेन्ट्सले १० खेलाडीमा रहेर खेल सकाएको थियो ।
जितपछि पछिल्लो ८ सिजनको लिग च्याम्पियन युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता समेत लिएको छ ।
युभेन्ट्स ६६ अंक सहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक छ ।