काठमाडौं । विश्वमा पहिले फुटबल खेलाडीहरु कोरोना संक्रमित हुँदै आएकामा अहिले क्रिकेट खेलाडी पनि थपिएका छन् ।
हालै पाकिस्तानका तीन खेलाडीमा संक्रमण देखिएको छ । पाकिस्तान क्रिकेट बोर्डले हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
उनीहरु सेल्फ आइसोलेसनमा रहेको बताइएको छ । इंग्ल्यान्ड भ्रमण अघि गरिएको परिक्षणमा तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।
पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी(२० सिरिज खेल्नेछ । खेल जुलाई ३० मा सुरु हुनेछ ।
पाकिस्तानका पूर्व अलराउन्डर शाहिद अफ्रिदीलाई पनि कोरोना देखिएको थियो ।
दक्षिण अफ्रिकी खेलाडी पनि संक्रमित
दक्षिण अफ्रिकाका क्रिकेट खेलाडीहरु पनि संक्रमित भएका छन् ।
सोमबार आफ्नो मातहतमा रहेका कर्मचारी र खेलाडीहरु गरि ७ जनामा कोरोना देखिएको दक्षिण अफ्रिकाले जनाएको हो । तर नाम भने खुलाएको छैन ।