काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्धको प्रतिबन्ध रोकेको खुलासा गरेका छन् ।
उनले चीनसँग व्यापार सम्झौताको मध्यतिर रहेकोले सिन्जियाङमा मुस्लिमहरुलाई नियन्त्रणमा राखिएको विषयलाई लिएर चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध नलगाएको बताएको बीबीसीले लेखेको छ ।
ट्रम्पले ‘ठूलो सम्झौता हासिल गर्नुको अर्थ आफूले अतिरिक्त प्रतिबन्धहरु नलगाउने’ भएको समेत उल्लेख गरेका छन् ।
पुनर्शिक्षाका लागि र दण्डित गर्न भन्दै बेइजिङले सिन्जियाङमा करिब १० लाख उइगुर मुस्लिमहरुलाई नियन्त्रणमा राखेको दावी अमेरिकाको छ ।
चीनले उनीहरुप्रति गलत व्यवहार नगरिएको दावी गर्दै आएको छ ।