काठमाडौं । कोरोना भाइरसका कारण साउदी अरेबिया निकै अस्तव्यस्त बन्न पुगेको छ । पछिल्ला दिनहरुमा संक्रमित दैनिक ३ हजार भन्दा बढीले बढ्दै गएपछि साउदीले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाएको छ ।
साउदी सरकारले आफ्नो देशका तीर्थयात्रीले मात्र भाग लिन पाउने निर्णय गरेको साउदीको सरकारी मिडियाई उधृत गर्दै बीबीसीले लेखेको छ ।
साउदी सरकारले हजलाई प्रतिबन्ध नलगाइने तर देशभित्रका बाहेक अरुलाई अनुमति नदिने जनाएको हो ।
त्यो पनि साउदी जनताले मात्र हजमा जान पाउने छन् । मुस्लिमहरु जिन्दगीमा एक पटक मक्का मदिना नपुगी प्राण नत्याग्ने अडान राख्छन् ।
तर सबैलाई त्यो अवसर नपुग्न सक्छ । मुस्लिमका लागि साउदीको मम्का मदिना सबैभन्दा ठूलो धार्मिक क्षेत्र पर्दछ । त्यहाँ प्रत्येक वर्ष हज गर्न २० लाखभन्दा बढी मुस्लिम पुग्ने गर्दछन् ।
कोरोनाको चपेटामा साउदी
साउदीमा अहिले १ लाख ६१ हजार ५ जना कोरोना संक्रमित भइसकेका छन् । १ हजार ३०७ जनाको ज्यान गएको छ ।
दैनिक ३ हजार भन्दा बढी संक्रमित थपिँदै गएका छन् । सोमबार ३ हजार ३९३ जना थपिएका थिए । मृतक ४० थपिएका थिए ।
मंगलबार ३ हजार ३७९ जना थपिएका थिए । मृतक ३७ थपिएका थिए ।