arrow

सशस्त्र खटिए पनि रोकिएन तस्करी, ६६ हजार बराबरको चल्ला नष्ट

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ असार ९ मंगलबार
challa1.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले  ६६ हजार बराबर रुपैयाँको कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । 

मंगलबार बिहान  सुस्ता गाउँपालिका- २ कुडियामा भारतबाट अबैध रुपमा ल्याँउदै गरेको १ हजार ३२० कुखुराको चल्ला प्रहरीले नियन्त्रण लिएर नष्ट गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकार दिए ।

नियन्त्रणमा लिएको चल्ला पशु क्वाराईटाईन, स्थानीय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको  प्रहरीले बताएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रमा सय / सय मिटरमा सुरक्षाकर्मी खटिएपनि खुल्लारुपमा दिनहुँ तस्करी भईरहेको स्थानीय बताउँछन् । सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भइरहेको स्थानीयले बताएका छन ।
 



लोकप्रिय समाचार
नयाँ