काँग्रेस नेतृ आरजु देउवाको पहलमा कञ्चनपुरका तीन ओटै क्षेत्रकालागि स्वास्थ्य सामाग्री वितरण
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ असार ९ मंगलबार
72
Shares
कञ्चनपुर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको पहलमा कांग्रेस कञ्चनपुरले तीन ओटै निर्वाचन क्षेत्रका लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलवार जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शिवराज सुनारलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
सुरक्षित मातृत्व संजाल महासंघ नेपालकी संस्थापक समेत रहेकी काँग्रेस नेतृ देउवाले कञ्चनपुरका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएकी हुन् । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहरा, सचिव दिवाकर पाण्डेय, यज्ञराज जोशी, भोजराज बोहरा लगायतको उपस्थितीमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराले कोरोना भाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चाका रहेका स्वास्थ्यकर्मीको सुरक्षा एवं प्रर्बद्धनात्मकका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रलाई वितरण गर्ने हिसाबले काँग्रेस नेतृ देउवाले पठाएको सामाग्री हस्तान्तरण गरिएको जनाए ।
पिपिई १८ सेट, सेनिटाईजर ३६लिटर, थमलगन ६ थन, पेपर मास्क १ सय २० पिस, एन ९५ मास्क ७०, स्यानेटरी प्याड ५ सय ७६ थान र फेससिल्ड १८ थान दिएको छ । स्वास्थ्य सुरक्षा समाग्री ग्रहण गर्दै स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सहयोगप्राप्त सामाग्री सबै स्वास्थ्य कार्यालयमा वितरण गरिने बताए ।
यस अघि कञ्चनपुरका काँग्रेस नेता रमेश लेखक, एनपी साउँद लगायतका नेताले पनि जिल्लाका विभिन्न स्थानीय तह संगै निर्वाचन क्षेत्रमा समेत स्वास्थ्य सामाग्री वितरण गरिसकेका छन् ।