झापा । झापा जिल्लाको दमकनगरपालिका वडा न ८ स्थित एक घरमा एउटी महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय योगेन्द्र पोख्रेलको घरमा डेरा गरी बस्ने दमक १० बाह्रघरेकी अन्दाजी २३ बर्षिया अनिता राई झुण्डिएको अवस्थामा गएराती मृत अवस्थमा भेटिएका हुन् ।
इलामको चुलाचुली गाँउपालिका वडा नम्बर ३ माइती घर भएकी उनलाई श्रीमान जेवी राईले मारेर झुण्डाएको हुन सक्ने पीडितका आफन्तले आरोप लगाएका छन् । पीडितका मामा भुवन थुलुङ्गले मृत भेटिएकी भान्जीको शव शंकास्पद भएकोले घटनाको निष्पक्ष छानवीन गरि पीडितलाई न्याय दिन माग गरेका छन् ।
चारवर्ष अघि प्रेम विवाह भएका उनीहरुवीच केहिसमय यता घरायसी विवाद भई सम्बन्धविच्छेदको अवस्थामा पुगेको जानकारी बाट प्राप्त भएको छ । घटनाका बारे थप जानकारी यो समाचार तयार पार्दा सम्म खुल्न सकेको छैन् ।
यसैवीच, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितले घटनाको प्रकृति र शवको मुचुल्का लिने काम भईरहेको बताउदै घटनाको कारणबारे अनुसन्धानपछि मात्र भन्न सकिने बताए । साथै शव पोष्टमार्टमका लागि परिवारलाई जिम्मा लगाईएको डिएसपी पण्डितले जानकारी दिएका छ्न ।