arrow

मोष्ट वान्टेड सूचीमा रहेका ‘धर्मा सिंह’ पक्राउ

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
nepal-police.jpeg

बाँके । बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ । डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई मंगलबार बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । 

 यादवमाथि नेपालगञ्ज—२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ । विसं  २०६६ भदौ २१ गते सम्साँझै घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो । 

जिल्ला प्रहरी कार्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अभियुक्त यादव विभिन्न अपराधमा संलग्न रहेको बताए । 

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा अध्ययनरत मल्लको हत्याको जिम्मा तत्कालीन तराई मधेश मुक्ति टाइगर(ज्वाला समूह)ले लिएको थियो ।



लोकप्रिय समाचार
नयाँ