arrow

सोती घटना : प्रतिवादी तर्फका चार वकिलको बहस शुरु

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
courts.jpeg

रुकुमपश्चिम । सोती घटनाको मुद्दामा मंगलबारदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको छ । वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि  प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको हो । 

चार वकिलले मंगलबार बहस गरेका छन् भने अब प्रतिवादीतर्फका तीन वकिलको बहस बाँकी छ । बाँकी बहस बुधबार हुने रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । यसअघि सोमबार वादी तथा जाहेरीवालातर्फका वकिलको बहस सकिएको थियो ।

गत शुक्रबारदेखि शुरु भएको बहसमा वादीतर्फबाट पाँच सरकारी वकिल र जाहेरीवालातर्फका १८  वकिल गरी २३ जनाले बहस गरेका थिए । सोती मुद्दाको थुनछेक बहस बुधबार नै सकिने आकलन गरिएको छ । 

बुधबार बहस सकिएमा सोही दिन नै थुनछेक आदेश आउन सक्ने स्रेष्तेदार बोहराले बताउनुभयो । गत जेठ १० गते जिल्लाको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक  जनाको ज्यान गएको थियो । 

उक्त घटनामा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरमा ३४ जना विरुद्ध मुद्दा दर्ता गर्दै जन्मकैद र मंगलबारीवन कारावाससम्मको कैद सजायको माग गरेको छ । 



लोकप्रिय समाचार
नयाँ