काठमाडौं । ब्रजिल र अमेरिकामा कोरोना भाइरसका संक्रमितहरु फेरि बढेका छन् । ब्रजिलमा पछिल्लो २४ घण्टामा ४० हजार १३१ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।
योसंगै ११ लाख ५१ हजार ४७९ जना संक्रमित पुगेका छन् । मृतक १ हजार ३६४ जना थपिएका छन् ।
मृतक ब्रजिलमा ५२ हजार ७७१ पुगेका छन् । रुसमा ७ हजार ४२५ जना थपिएका छन् । अहिलेसम्म रुसमा ५ लाख ९९ हजार ७०५ पुगेका छन् । मृतक पछिल्लो २४ घण्टामा १५३ जना थपिएका छन् । ८ हजार ३५९ जना मृतक रुसमा पुगेका छन् ।
भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार ६५३ जना संक्रमित थपिएका हुन् । अहिलेसम्म भारतमा कोरोना संक्रमित ४ लाख ५६ हजार ११५ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४६८ जनाको ज्यान गएको छ । यो संख्या दोस्रो उच्च हो । मृतकको संख्या अहिलेसम्म १४ हजार ४८३ पुगेको छ ।
बेलायतमा ९२१ जना संक्रमित थपिएका छन् । ३ लाख ६ हजार २१० पुगेका छन् । मृतक २८० थपिएका छन् । मृतक ४२ हजार ९२७ पुगेका छन् ।
स्पेनमा २४८ जना संक्रमित थपिएका छन् । मृतक १ जना थपिएका छन् । २ लाख ९३ हजार ८३२ संक्रमित पुगेका छन् । मृतक २८ हजार ३२५ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा पेरुमा ३ हजार ३६३ जना संक्रमित थपिएका छन् । मृतक १८१ थपिएका छन् ।
चिलीमा ३ हजार ८०४ संक्रमित थपिएका छन् । मृतक ३ थपिएका छन् ।
इरानमा मृतक १२१ थपिएका छन् । संक्रमित २ हजार ४४५ थपिएका छन् । जर्मनीमा ६५९ जना संक्रमित थपिएका छन् । मृतक १७ थपिएका छन् ।
मेक्सिकोमा ४ हजार ५७७ जना संक्रमित थपिएका छन् भने मृतक ७६९ थपिएका छन् ।
पाकिस्तानमा ३ हजार ९४६ जना संक्रमित थपिएका छन् र मृतक १०५ पुगेका छन् ।
साउदीमा ३ हजार १३९ जना संक्रमित थपिँदा ३९ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ ।
बंगलादेशमा ३ हजार ४१२ जना संक्रमित थपिँदा मृतक ४३ थपिएका छन् ।